
काठमाडौँ, १२ मंसिर । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले नयाँ नेतृत्व चयनमा सहमति जुटेको बताएका छन् ।
उनले केन्द्रीय पदाधिकारी एवं सदस्यहरूका सबै पदमा सहमति जुटेको र नामहरू टुंगो लागेको बताएका हुन् ।
सौराहाको पार्क सफारी रिसोर्टमा अध्यक्ष केपी शर्मा ओलीसँग बसेर नामावली टुंगो लगाएपछि उनले दोस्रो पटक नामावली प्रिन्ट गर्न गरेका छन् । नामावली देखाउन पुन अध्यक्ष ओलीसँग पुगेका छन् ।
नामवली प्रिन्ट गर्न रिसेप्सनमा झरेका पौडेललाई सहमति जुटेको हो भनेर सञ्चारकर्मीले सोधेका थिए । जवाफमा उनले सबैमा सहमति भयो भनेका थिए ।
अब केन्द्रीय कमिटीको नाम टुंगो लागेपछि अध्यक्ष मण्डलको बैठक बसेर बन्दसत्र सुरु गर्ने बताइएको छ ।












प्रतिक्रिया