
चितवन, १२ मंसिर । नेकपा एमालेको नेता प्रदीप ज्ञवालीले पार्टीको १० औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनमा सहमति भएको हुनसक्ने बताएका छन् ।
आइतबार दिउँसोभर नै सहमतिमै नेतृत्व चयनका लागि प्रयास गरिएको थियो ।
नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेर नेतृत्व चयनका बारेमा छलफल गरेका थिए ।
ओलीलाई भेटेर फर्किएका नेता प्रदीय ज्ञवालीले अब अध्यक्ष मण्डलको बैठक बस्ने र बन्दसत्र सुरु हुने बताए । ‘विभिन्न लेयरमा छलफल भएको छ, मिल्यो होला भन्ने मेरो विश्वास छ’ उनले भने ।
यद्यपि अझै केही पदहरुमा सहमति हुन नसकेको बुझिएको छ ।












प्रतिक्रिया