– सुदीप अधिकारी
बर्दिया, ३० चैत । क्यानडामा भएको २००१ को विश्वकप क्रिकेट छनौट प्रतियोगितामा सहभागी भएका बर्दियाका क्रिकेटर दुर्गा सेन यतीखेर आफनो सन्तानको जीवन याचना गर्दै भौतारिरहेका छन् ।
कुनै जमानाका क्रिकेटरको रुपमा सबैबाट वाहवाही पाएका सेन अहिले आफनो ६ वर्षीया छोरी शुभेच्छाको जीवन बचाउँन याचना गरिरहेका छन् ।
६ वर्षीया छोरीलाई ब्लड क्यान्सर भएपछि क्रिकेटर सेनले छोरीको जीवन बचाउँन सबैसँग याचना गरेका हुन् । सामान्य आर्थिक अवस्था भएका सेनको परिवार यतीखेर एकदमै चिन्तित छ ।
पुख्यौली घर बर्दियाको राजापुर भएका सेन विगत वर्षदेखि रुपन्देहीमा सामान्य निजी विद्यालयमा अध्यापनरत् छन् कक्षा १ मा अध्ययनरत् छोरीलाई ब्लड क्यान्सरको समस्या देखिए पछि उनको होस हवास नै उडेको छ ।
बर्दियाको क्रिकेट टोलीहुदै राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा समेत क्रिकेट खेलिसकेका सेनले छोरीको ब्लड क्यान्सर उपचारको लागि भारतको दिल्लीस्थित सर गंगाराम हस्पिटलसम्म धाएका थिए ।
उपचारकै क्रममा दिल्लीमा हाल सम्म ऋण सापटी गरेर ८ लाख रुपैयाँसम्म खर्चेका छन् । तर रोग निदान हुन नसकेको सेनले बताए । अझै ३ वर्षको उपचारको क्रममा २५ देखि ३० लारुपैयाँ खर्च हुने अस्पतालले बताएपछि सेनको परिवार चिन्तामा डुवेको छ ।
आफूले देशका लागि क्रिकेट खेलेको र हाल आफूसँग आय स्रोतको माध्यम पनि एकदमै कम भएकोले आफूबाट नहुने देखिए पछि सेनले सहयोगका लागि नेपाल क्रिकेट संघ, राष्ट्रिय खेलकुद परिषद, संघ संस्था र नेपाल सरकारसँग सहयोगको याचना गरेका छन् ।
















प्रतिक्रिया