
पर्सा, १२ मंसिर । वीरगंज महानगरपालिका–१४ पिपरा बस्ने अब्दुल मनन अंसारीकी छोरी २ वर्षीया अलिशा खातुनको आफ्नै दुई तले घरको छतबाट लडेर शनिबार राति मृत्यु भएको छ ।
लडेर गम्भीर घाइते भएकी उनको वीरगंज हेल्थकेयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया