
चितवन, १२ मंसिर । नेकपा एमालेका नेता पृथ्वी सुब्बा गुरुङले सहमतिमै नेतृत्व चयन गर्नका लागि नेतहरूबीच ९० प्रतिशत कुरा मिलिसकेको दाबी गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि उनले छोटो प्रतिक्रिया दिँदै पत्रकारहरूसँग भने, ‘सहमतिका लागि हाम्रो प्रयास जारी छ । अध्यक्षबाहेक अन्य पदमा लगभग सहमति जुटिसकेको छ ।’ अध्यक्षका लागि पनि सर्वसम्मति गर्न छलफल भइरहेको उनको भनाइ छ ।
बाँकी कुरामा सहमति जुटाएर अब केहीबेरमै बन्दसत्र शुरू गरिने उनको भनाइ छ ।
यसैबीच, एमालेका चार जना नेताले ३०१ जना केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइसकेको सूचना प्राप्त भएको छ ।
संगठन विभाग प्रमुख विष्णु पौडेलका साथै नेताहरु शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मेवारी दिएबमोजिम उनीहरूले उत्तः सूची बुझाएको बताइएको छ ।
उनीहरूले बुझाएको सूचीलाई अध्यक्ष ओलीले अन्तिम रुप दिएपछि बन्दसत्र शुरू गरेर पेश गर्ने तयारी छ ।















प्रतिक्रिया