
काठमाडौँ, ११ मंसिर । नेकपा एमालेको सर्वसम्मत नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई सम्पूर्ण अधिकार दिइएको छ ।
चितवनमा पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत शनिबारबाट सुरु भएको बन्दसत्रमा हलले अध्यक्ष ओलीलाई सर्वसम्मतिका लागि अधिकार प्रदान गरेको हो ।
एमालेले यसपटक नयाँ नेतृत्व सर्वसम्मतिले गर्ने प्रयास गरिरहेको छ । साथै नेताहरुले पनि सहमतिमै नेतृत्व चयन हुने बताएका छन् ।












प्रतिक्रिया