४ कार्तिक २०८३, बुधबार

बार्षिक परीक्षाफल प्रकाशित, ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ३० चैत । पूर्वी चितवनको सिद्धिविनायक आवासीय मावि जुटपानी ६ खोलेसिमलले आज विद्यालयका विद्यार्थीहरुको बार्षिक परीक्षाफल प्रकाशित गरेको छ ।

विद्यालयमा अध्यनरत नर्सरीदेखि ९ कक्षासम्मका कुल ९ सय १७ जना मध्य ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको विद्यालयका प्राचार्य विष्णुमणी लामिछानेले जानकारी दिनुभयो ।

परिक्षामा प्रथम, द्धितिय, तृतिय र चौथो स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई आज नै पुरस्कार र प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

प्रथम, द्धितिय, तृतिय हुने विद्यार्थीहरुलाई क्रमश मासिक ६ महिना,४ महिना र २ महिनाको छात्रवृत्ति दिइने प्राचार्य लामिछानेले बताउनुभयो । साथै आइतबार भएको कक्षा ८ को जिल्ला स्तरिय परिक्षामा विद्यालयका १२ जना विद्यार्थी विशिष्ट श्रेणी सहित शत प्रतिशत विद्यार्थी उत्तिण भएको प्राचार्य लामिछानेले जानकारी दिनुभयो ।

विद्यालयको परीक्षाफल प्रकाशन एवम पुरस्कार वितरण कार्यक्रममा शिक्षक अभिभावक संघ चितवनका कोषाध्यक्ष कृष्णकुमार श्रेष्ठ, विद्यालयका डाईरेक्टर लिला बहादुर गुरुङ, शिक्षक वलराम पौडेल, शिक्षक नवराज बन्जारा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम विद्यालयका प्राचार्य विष्णमणी लामिछानेको अध्यक्षतामा भएको थियो ।