४ मंसिर २०८३, शुक्रबार

काठमाडौंको ४० भन्दा धेरै जिल्लामा अधिवेशन आज

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज ४०भन्दा धेरै जिल्लामा जिल्ला अधिवेशन हुँदैछ ।

निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले दुई वटाभन्दा बढी निर्वाचन क्षेत्र भएका ४० भन्दा धेरै जिल्लामा जिल्ला अधिवेशन गरिने जानकारी दिए ।

चितवनमा भने एमाले महाधिवेशनका कारण कांग्रेसले जिल्ला अधिवेशन सारेको छ । कांग्रेसको अहिलेसम्म ३० जिल्लामा अधिवेशन सम्पन्न भएको छ ।

अहिलेसम्म अधिवेशन सम्पन्न भएको जिल्लाबाट आएको परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षले १५ जिल्ला सभापति जितेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले १४ जिल्ला सभापति जितेको छ ।

कांग्रेसको विधानअनुसार पार्टीका जिल्ला कार्यसमितिमा सभापति, दुई जना उप–सभापति दुई जना सचिव र दुई जना सह–सचिव निर्वाचित हुने प्रावधान छ ।