४ कार्तिक २०८३, बुधबार

प्रहरीले ज्यादती गरेको भन्दै चितवनमा यातायात बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Banda15रत्ननगर (चितवन), ३० चैत । चितवनका यातायात व्यवसायीले नै आज जिल्लाबाट चल्ने यातायात बन्द गरेका छन् ।

यातायातका कर्मचारीमाथि प्रहरीले ज्यादती गरेको आरोप लगाउँदै उनीहरुले बन्द गरेका हुन् । प्रहरीले बिना कारण आफ्ना कर्मचारीलाई पक्राउ गरी मुद्दा चलाएको भन्दै आज चितवनमा सवारी बन्द गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका नारायणी अञ्चल संयोजक कपिल पाण्डेले जानकारी दिनुभयो ।

यातायात व्यवसायीको बन्दका कारण आज बिहानैदेखि चितवनबाट देशका विभिन्न क्षेत्रमा चल्ने सवारी ठप्प भएका छन् ।

व्यवसायीले आज आआफ्ना सवारी सबै घरमा थन्क्याएको पाण्डेले बताउनुभयो । चितवनबाट करिब दैनिक ५०० बढी यातायातका साधन चल्ने गरेका छन् । बन्दका कारण चितवनबाट काठमाडौँलगायत विभिन्न जिल्लामा जाने यात्रु प्रभावित भएका छन् ।

दुई दिनअघि चितवन रामपुरबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बा२ख ५०३० नम्बरको माइक्रोका सहचालक प्रकाश सुनार, बा२ख ९३०८ केशव न्यौपाने तथा अर्का एकनाथ ढुङ्गानालाई नारायणगढ पुल्चोकबाट प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरुलाई अहिले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

उनीहरुले नारायणगढमा दलाली गरी यात्रुलाई प्रहरीकै सामु दुःख दिएकाले पक्राउ गरी कारबाही चलाएको थापाले बताउनुभयो । आफ्ना कर्मचारी रिहाइ नभएसम्म आन्दोलन जारी राख्ने यातायात व्यवसायीले बताएका छन् । रासस