मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

ओखलढुंगा कांग्रेसमा खनाल सभापतिमा निर्वाचित, दाहाल पराजित

दैनिक नेपाल २०७८ मंसिर ९ गते ८:१५

ओखलढुंगा,९ मंसिर । नेपाली कांग्रेसको सभापतिमा तेजन खनाल ‘तेजेन्द्र’ निर्वाचित भएका छन् ।

बुधबार मध्यराति आएको अन्तिम नतिजाअनुसार खनालले ७०१ मतसहित विजयी हासिल गरेका हुन् । सभापतिमा निर्वाचित खनाल सभापति शेरबहादुर देउवा निकटका हुन् ।

खनालसँग सभापतिमा रामचन्द्र पौडेल निकटका बालकृष्ण दाहाल पराजित भएका छन् । दाहालले ६१२ मत पाएका थिए ।

उप–साभपतिमा कमल तामाङ र नवराज केसी निर्वाचित भएका छन् । तामाङले ७८२ र केसीले ६५५ मत पाएका छन् ।

सचिवमा अजय लुइँटेल र राजकुमार ढुंगाना निर्वाचित भएका छन् । लुइँटेलले ७२१ र ढुंगानाले ६८२ मत पाएका छन् ।

सह–सचिवमा उज्जन बुढाथोकी र भोजकुमार श्रेष्ठ निर्वाचित भएका छन् । बुढाथोकीले ७१७ र श्रेष्ठले ६६२ मत पाएका छन् ।

ओखलढंगा जिल्लामा वडा, पालिका, प्रदेश क्षेत्रको ‘क’ र ‘ख’मा देउवा निकटको समूहले कब्जा जमाएको छ । ओखलढुंगामा पौडेल समूह बढारिएको छ । केही पदमा छिटफुट जिते पनि पौडेल समूह ओखलढुंगा कमजोर देखिएको छ ।

सभापति देउवा निकट मानिने पूर्वसांसद एवम् युवा नेता रामहरि खतिवडाले आफ्नो टिमलाई जिताउन पहल गरेका थिए ।

खतिवडाले सभापतिमा खनाल नेतृत्वको टिमलाई जिताउन संयोजनकारी भूमिका खेलेको नेताहरूले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित