४ कार्तिक २०८३, बुधबार

युवा मोटिभेसाल यात्रा चितवनमा सम्पन्न

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Youth Motivation Yatra Chitwan Program 12th April 2015 (14)चितवन, ३० चैत । राष्ट्रिय युवा परिषद नेपालले चितवनमा युवा मोटिभेसनल यात्रा २०१५ को आयोजना गरेको छ ।

नेपाली युवाहरुलाई सकारात्मक सोचको बिकास, व्यक्तित्व बिकास, नेतृत्व क्षमता बिकास र उद्यमशिलता बिकास लाई बिकास गराउने उद्देश्यले युवा परिषद्ले चितवनमा आइतबार यात्राको आयोजना गरेको हो ।

Youth Motivation Yatra Chitwan Program 12th April 2015 (9)देशका ३५ भन्दा बढी जिल्लाहरुमा सन २०१५ भित्रमा “युवा मोटिभेसनल यात्रा २०१५” को आयोजना गर्ने परिषद्को कार्यक्रम अन्तर्गत पनि चितवनमा यात्रा कार्यक्रम सम्पन्न गरिएको जनाएको छ ।

चितवन जिल्लामा १७० भन्दा बढी बिभिन्न संकायमा अध्ययनरत युवा बिद्यार्थीहरुको माझमा यात्रा सम्पन्न भएको थियो । कार्यक्रममा राष्ट्रिय युवा परिषद नेपालका केन्द्रीय अध्यक्ष सरोज बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

Youth Motivation Yatra Chitwan Program 12th April 2015 (21)अध्यक्ष बानियाँले युवाहरुलाई आज सम्म स्कुल र कलेज लेभलमा अध्ययन नगरेको बिभिन्न बिषयहरु जस्तै ः सकारात्मक सोचको बिकास, व्यक्तित्व बिकास, नेतृत्व क्षमता बिकास र उद्यमशिलता बिकास बिषयमा करिब २ः३० घण्टा आफ्नो प्रशिक्षण दिनुभएको थियो ।
यस कार्यक्रमको सभापतित्व राष्ट्रिय युवा परिषद, नेपाल चितवन शाखाको उपाध्यक्ष लक्ष्मण कँडेलले गर्नु भएको थियो ।

Youth Motivation Yatra Chitwan Program 12th April 2015 (15)कार्यक्रममा राष्ट्रिय युवा परिषद, नेपाल चितवन शाखाको सल्लाहकार एबम् लायन्स क्लव अफ बालकुमारी कलेजको निर्बाचित अध्यक्ष मेघराज सापकोटाले यस कार्यक्रमबाट मैले निकै महत्वपूर्ण जानकारी प्राप्त गरेको भन्दै ‘जुन मैले यस अघि धेरै कार्यक्रममा सहभागि भएपनि लिन पाएको थिएन त्यसैले यस कार्यक्रममको आयोजक र प्रशिक्षकलाई धेरै भन्दा धेरै धन्यबाद दिन चाहन्छु र यस्ता कार्यक्रमलाई चितवन जिल्ला भरि गर्न सकेको खण्डमा चितवन जिल्लाका युवाहरु नेतृत्व पक्तिमा पुग्न सक्छन र यो कार्यक्रमले पनि सार्थक पाउन सक्छ ।’

Youth Motivation Yatra Chitwan Program 12th April 2015 (11)त्यस्तै, कार्यक्रमको अतिथि, लायन्स क्लव अफ बालकुमारीको सचिव मञ्जु श्रेष्ठ ज्यूले पनि यस्तो कार्यक्रममा यस अघि मैले कुनैमा पनि सहभागिता हुन नपाएको बताए । ‘यो कार्यक्रम अरु कार्यक्रम भन्दा बिसुद्ध फरक पाए बिद्यार्थाीहरुले यो कुराहरु अबलम्बन गर्न सकेको खण्डमा सफल व्यक्ति बन्न गाह्यो रहेनछ ।’

Youth Motivation Yatra Chitwan Program 12th April 2015 (3)यस्तै, कार्यक्रममा अर्का अतिथि लायन्स क्लव अफ बालकुमारीको द्धितिय उपाध्यक्ष एबम् नर्सिङ्ग प्रमुख अफ बालकुमारी कलेजको पुनम पोखरेल सापकोटाले पनि आयोजक एबम् प्रशिक्षकलाई धन्यबाद दिदै यो कार्यक्रमको पूर्ण सफलताको कामना गर्नु भएको थियो ।

कार्यक्रममा सहभागी बिद्यार्थीहरुले हामीले यस्ता खालको ज्ञान यस अघि कही र कसैबाट नपाएको भन्दै तर आज यस कार्यक्रम कार्फत लिन पाएकोमा ज्यादै खुशी छौ र आयोजकलाई धेरै भन्दा धेरै धन्यबाद दिदै यो कार्यक्रमको अन्य जिल्लाहरुमा पनि पूर्ण सफलताको कमना गदछौ भन्दै कार्यक्रमबाट बिदा भएका थिए ।

11112849_812650728821138_2933042657089123296_nराष्ट्रिय युवा परिषद, नेपाल चितवन शाखाको सचिव रमेश गौतम, सदस्यहरुमा मञ्जु कँडेल र कुशुम शर्माले समेत यस्ता कार्यक्रमको लागि हामी केन्द्रिय कार्यलय र अध्यक्ष सरोज बाँनिया प्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमहरु यस जिल्लामा जुन सुकै समय र परिस्थितिमा आयोजना गर्न हामी र यस चितवन शाखा सदैब तयार छौ यस अभियानको लागि हामी शुभकामना दिन समेत चाहन्छौ भन्दै प्रशिक्षक बानियाँलाई बिदाई गर्नु भएको थियो ।

यस कार्यक्रमको आयोजना राष्ट्रिय युवा परिषद, नेपाल, लायन्स क्लब अफ बालकुमारी कलेज, राष्ट्रिय युवा परिषद, नेपाल चितवन शाखा, एनआईआईटी काठमाण्डौ सेन्टर र मास्टरपिस क्लब अफएनओईसीले सयुक्त रुपमा गरेको थियो । “युवा मोटिभेसन यात्रा २०१५” को अर्काे कार्यक्रम क्रमश बारा, पर्सा र रोतहटमा गर्ने तयारीका साथ राष्ट्रिय युवा परिषद, नेपाल अघि बढिरहेको छ ।