८ कार्तिक २०८३, आइतबार

दाङको क्षेत्र नं. १ र २ मा देउवा निकटका सभापतिहरू निर्वाचित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, ८ मंसिर । नेपाली कांग्रेस दाङको क्षेत्र नं. १ र २ को सभापतिमा शेरबहादुर देउवा निकटका सभापतिहरू निर्वाचित भएका छन् ।

बुधबार बिहान प्राप्त नतिजाअनुसार क्षेत्रीय अधिवेशनबाट क्षेत्र नं. १ को सभापतिमा भेषराज पाण्डे र क्षेत्र नं. २ को सभापतिमा भीमप्रकाश खड्का निर्वाचित भएका हुन् ।

क्षेत्र नं. १ को सभापति पाण्डेलाई नेता रामचन्द्र पौडेल समूहको पनि समर्थन रहेको थियो । पाण्डेले १६५ मतको अन्तरले जितेका छन् । पाण्डेलाई नेता जानकीलाल बस्नेत, केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेको पनि समर्थन रहेको थियो ।

दाङ क्षेत्र नं. २ का क्षेत्रीय सभापतिमा निर्वाचित खड्कालाई पूर्वसांसद राजु खनाल, अर्जुन श्रेष्ठसहितका नेताहरूको समर्थन थियो ।