– सुमन घिमिरे
झापा, ३० चैत । डाँका समूहको आक्रमणबाट गएराति झापाको पृथ्वीनगर गाविसमा एक व्यक्तिको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
डाँका समूहको आक्रमणबाट पृथ्वीनगर–८ का ५० बर्षीय वेदकुमार श्रेष्ठको मृत्यु भएको हो । २० जनाको संख्यामा रहेको हतियारसहितको नकाबधारी समूहको आक्रमणबाट मृतक श्रेष्ठकी श्रीमती ५० बर्षीया गँगा श्रेष्ठ, छोरा २७ बर्षीय रोशन श्रेष्ठ र छिमेकी दूर्गा गौतम गम्भीर घाइते भएका छन् ।
घाइते सबैको भद्रपुरस्थित ओमसाई पाथीभरा हस्तिटलमा उपचार भईरहेको छ । डाकाहरुको आक्रमणबाट गम्भीर घाइते श्रेष्ठको उपचारका क्रममा ओमसाईमै आज बिहान ३ बजे मृत्यु भएको हो ।
प्रहरीका अनुसार श्रेष्ठको घरबाट डाकाहरुले १ लाख ८० हजार रुपैयाँ नगद र १० तोला सुन लुटेर लगेका छन् । राति पौने १ बजे श्रेष्ठको घरमा डाका पसेका थिए ।















प्रतिक्रिया