२८ आश्विन २०८३, बुधबार

आँप होइन, विष खाँदैछौं हामी !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mango-bazar

जनकपुरधाम। रसायन हालेर पकाइएको आँप बजारमा छ्याप्छ्याप्ती रुपमा बिक्री भइरहेको छ ।

उपभोक्ता आँपका माध्यमबाट मन्द विष सेवन गरिरहेका छन् । खासगरी आँप पाक्ने समय असार महिनाको अन्तिमदेखि साउन भदौसम्मको समय भए पनि स्थानीय बजारमा भने वैशाखको सुरुदेखि नै आँपले कब्जा जमाएको देखिन्छ । यसले गर्दा खाद्य बजार विषालु बन्दै गएको छ भने उपभोक्ता मन्द विषको सिकार हुन थालेका छन् ।

उपभोक्ताले ध्यान नदिँदा स्वस्थकर अमृतसरह आँप हानिकारक रसायनको प्रयोगले दिनदिँदै विष बन्दै गएको बुद्धिजीवीको भनाइ छ ।

व्यापारीहरुले बढी आर्थिक लाभ लिनका लागि काँचो आँपमा कार्बाइड नामक रसायन हाली २४ घन्टाभित्र पकाएर बजारमा बिक्री गर्ने गरेका छन् । खासगरी भारतको दिल्ली, मद्रासबाट स्थानीय व्यापारीले यस्ता आँप ल्याउने गर्छन् ।

पहेँलो, पाकेको, हेर्दा खाउँखाउँ झैँ लाग्ने यस्ता आँप ठेलामा हालेर बिक्री गर्ने व्यापारीको संख्या दर्जनौँ छ । बजारमा पाइने यस्ता आँप प्रतिकिलो १ सय देखि १ सय २० बिक्री हुने गरेको छ । भारतीय सीमासँग जोडिएको प्लान्ट क्वारेन्टाइन चेकपोस्ट भिठ्ठामोडका अनुसार चालु आवको वैशाखसम्ममा सो नाकाबाट दुई लाख ७७ हजार ९३४ मूल्य बराबरको ३७ हजार ८३३ किलो आँप भारतबाट आयात गरी जनकपुर बजार भित्रिएको छ ।

क्याल्सियम कार्बाइड हालेर पकाइएको फलफूल खाँदा पखाला लाग्ने, बान्ता आउने, पेट दुख्ने तथा स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने स्थानीय रामचोकका उपभोक्ता गंगाप्रसाद मण्डल बताउनुहुन्छ । यस्तो आँप बिक्रीमा स्थानीय प्रशासनले रोक लगाउनुपर्ने उहाँको माग छ ।