९ कार्तिक २०८३, सोमबार

सिन्धुपाल्चोकको हेलम्बुमा आगलागीबाट तीन जना बालकको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, ७ मंसिर । सिन्धुपाल्चोकको हेलम्बु– ७ सुलसिङमा आगलागी हुँदा तीनजना बालकको मृत्यु भएको छ ।

बालकहरु खेलिरहेको गोठमा आगोको झिल्को सल्किएर आगलागी भएको थियो । हिजो साँझ करिब ७ बजे सुलसिङका सञ्चै तामाङको एकतले घरनजिकै रहेको गोठमा आगलागी भएको हो ।

आगलागीबाट तामाङका ६ वर्षीय छोरा मनोज तामाङ, सुकुमान तामाङका ५ वर्षीय छोरा मनिष तामाङ र साइँला तामाङका ५ वर्षीय छोरा दिलबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

आगलागी भएपछि बालबालिका गोठभित्र पस्दा जलेर मृत्यु भएको आशंका गरिएको छ ।