४ मंसिर २०८३, शुक्रबार

ललितपुर– १ को कांग्रेस सभापतिमा राणा निकटका थिङ निर्वाचित

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चापागाउँ, ७ मंसिर । नेपाली कांग्रेस ललितपुरको निर्वाचन क्षेत्र नं. १ को सभापतिमा सुन्दरमान थिङ निर्वाचित भएका छन् ।

सोमबार भएको अधिवेशनमा थिङ ३५२ मतसहित सभापतिमा निर्वाचित भएका हुन् । थिङसँग प्रतिद्वन्द्वी रामकृष्ण लामा ‘इन्द्र’ २४६ मतसहित पराजित भएका छन् ।

सचिवमा मथुराप्रसाद शर्मा र शेखर न्यौपाने विजयी भएका छन् । शर्माले ४१७ मत र न्यौपानेले ३९० मत पाएका थिए ।

सचिवमा राजकुमार चौलागाइँ १९९ र कृष्णकुमार थापा १५९ मतसहित पराजित भएका छन् ।

सह–सचिवमा विजयकुमार लोले ३९७ मत र मनोहर सिलवालले ३७७ प्राप्त गरी विजयी भएका छन् ।

सह–सचिवमा प्रकाश तिमिल्सिना १९६ मत र बद्रीप्रसाद ढोडारीले १८८ मतसहित पराजय भोग्नुपरेको छ ।

सभापतिमा विजयी भएका थिङलाई कांग्रेसका युवा नेता उदयशम्शेर राणा, मीनकृष्ण महर्जनसहितका नेताहरूको समर्थन थियो ।