
काठमाडौं, ६ मंसिर । नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ ।
आज दिउँसो तीन बजेका लागि बोलाइएको बैठक भोलि बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।
महाधिवेशन तयारीको समीक्षा र विधानअनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल गर्ने बैठकको कार्यसूची थियो ।
एमालेको दशौं महाधिवेशनमा कुल प्रतिनिधिको ५ प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ ।















प्रतिक्रिया