
दोलखा, ६ मंसिर । स्थानीय ज्ञानबहादुर मङरातीको हत्या अभियोगमा दोलखाका विष्णु श्रेष्ठ पक्राउ परेका छन् ।
जिल्लाको भिमेश्वर नगरपालिका–४ जिलुका ७२ वर्षीय ज्ञानबहादुर मङरातीको हत्या अभियोगमा सोही ठाउँ बस्ने बस्ने ५७ वर्षीय बिष्णु श्रेष्ठलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
विष्णुले मादक पदार्थ सेवन गरी ज्ञानबहादुरलाई लाठी प्रहार गर्दा गम्भीर घाइते भएका थिए । घाइते मङरातीलाई तत्काल उपचारका लागि सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा मङरातीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।















प्रतिक्रिया