८ कार्तिक २०८३, आइतबार

पोखराको लेकसाइडमा आगलागी हुँदा साढे दुई करोड रुपैयाँ भन्दा बढीको क्षति

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ६ मंसिर । सोमबार बिहान पोखराको लेकसाइडमा भीषण आगलागी हुँदा साढे दुई करोड रुपैयाँ भन्दा बढीको क्षति भएको छ ।

कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइडको फुटपाथमा भीषण आगलागी भएको हो । आगलागीबाट फुटपाथ क्षेत्रमा रहेका १० वटा रेस्टुराँ तथा पसलहरू जलेर नष्ट भएका छन् ।

आगलागीबाट मानवीय क्षति नभए पनि धनसम्पति जलेर नष्ट भएको छ । आगलागी के कारणले भएको भन्नेबारे अझै खुल्न सकेको छैन । उक्त स्थानमा रहेको भारतीय नागरिकले सञ्चालन गरेको टिनका पसलबाट आगलागी भएको हुन् सक्ने अनुमान गरिएको छ ।

उक्त आगलागीमा अन्य पसल र टहराहरूमा समेत गरेर दुई करोडको हाराहारीमा नोक्सानी भएको हुनसक्ने आँकलन गरिएको छ ।