८ कार्तिक २०८३, आइतबार

विप्लवका कार्यकर्ताद्वारा आयल निगम घेराउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्वद्ध जनवर्गीय संगठनहरूले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगम घेराउ गरेका छन् ।

आज सोमबार बबरमहलस्थित निगमको कार्यालय पुगेर जनवर्गीय संगठनका नेता कार्यकर्ताहरूले निगमलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी, अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ, अखिल नेपाल जनसांस्कृतिक संघ, अखिल नेपाल महिला संघ, सहिद परिवार संगठनलगायत १६ वटा संगठनका प्रतिनिधिहरू निगम घेराउमा सहभागी भएका थिए ।