९ कार्तिक २०८३, सोमबार

पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्न एमालेले बोलायो स्थायी कमिटी बैठक

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । पार्टीको दशौं राष्ट्रिय महाधिवेशनका लागि पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्न नेकपा एमालेले आज स्थायी कमिटी बैठक बोलाएको छ ।

ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा आज दिउँसो ३ बजे बस्ने बैठकले आगामी महाधिवेशनको तयारी र पाँच प्रतिशत प्रतिनिधि मनोनित हुनेबारे छलफल गर्ने बताइएको छ ।

एमालेको विधान महाधिवेशनले पारित गरेको विधान अनुसार ५ प्रतिशत मनोनित हुने प्रतिनिधिहरुको नाम बैठकमा पेश हुने छ । त्यस्तै अनुमोदन भएका नामहरु बैठकले पारित गर्ने छ ।

एमालेले आगामी १०औँ महाधिवेशनका लागि १ हजार ९ सय ९९ जना महाधिवेशन प्रतिनिधि छनोट गर्ने छ । जसले २३५ जनाको केन्द्रीय कमिटी चयन गर्ने छ ।

एमालेको अध्यक्षमा केपी शर्मा ओलीलाई सर्वसम्मत गर्ने भनिए पनि उपाध्यक्ष भीम रावलले अध्यक्षको उम्मेदवारी घोषणा गरेको छन् ।