९ कार्तिक २०८३, सोमबार

परिवार दलको अध्यक्षमा पुनः एकनाथ ढकाल

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । नेपाल परिवार दलको अध्यक्षमा पुनः एकनाथ ढकाल निर्वाचित भएका छन् ।

पार्टीको तेस्रो राष्ट्रिय महाधिवेशनले ढकालको अध्यक्षतामा १०१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो ।

जसअनुसार वरिष्ठ उपाध्यक्षमा विनोद डाँगी, उपाध्यक्षमा गणेशकुमार श्रेष्ठ, महामन्त्रीद्वयमा सन्तोषकुमार पौडेल र प्रकाशबाबु थापा निर्वाचित भएका छन् । त्यस्तै पाँचजना सहमहामन्त्रीमा मिलनकुमारी राजवंशी, रुपसिंह भण्डारी, मनोजकुमार सुर्खेती, अब्दुल कैयुम शाह र अशोककुमार चौधरी निर्वाचित भएका छन् ।

त्यसैगरी कोषाध्यक्षमा गोविन्दनाथ मिश्र र सहकोषाध्यक्षमा बुद्धिमाया पुनमगर निर्वाचित भए ।

त्यस्तै केन्द्रीय सदस्यहरुमा मोहनलाल चदरा, टीकाराज विश्वकर्मा, खडगसिंह नागरी, सन्तबहादुर परियार, धर्म रोकाया, नीला श्रेष्ठ, ममिता पुन, नसिमा खान, कल्पना बराल, रीता महत्तो, जानकी घिमिरे अर्याल, सावित्रीदेवी बम, विष्णुकुमारी विश्वकर्मा, अम्बिका पराजुली, कामना भुसाललगायत निर्वाति भएका छन् ।

महाधिवेशनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र संविधान सुधार आयोगलगायतको राष्ट्रिय प्रस्तावहरु पारित गरेको छ ।