३ कार्तिक २०८३, मंगलबार

चीनले दियो अफगानिस्तानलाई सहायता सामग्री

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काबुल, ६ मंसिर । चीनले अफगानिस्तानलाई मानवीय सहायताका सामग्री पठाएको छ।

चीनले पठाएको १ हजार टन मानवीय सहायताका सामग्री बोकेको एउटा रेल अफगानिस्तानका लागि छुटेको छ ।

चीनले पठाएको सहायता सामग्री १२ दिनभित्र अफगानिस्तान पुग्नेछ । सन् २०२१ देखि चीन–अफगानिस्तान मालवाहक रेलले अहिलेसम्म अफगानिस्तानमा २६ हजार टन मानवीय सहायताका सामग्री पठाएको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले दुई देशबीचको मालवाहक रेल निरन्तर सञ्चालनमा आएको भन्दै कृषि उत्पादनका सामग्री आयात निर्यात भएको बताए । तालिबानले सत्ता हातमा लिएपछि अफगानिस्तानमा मानवीय सङ्कट बढेको छ ।