विराटनगर, ३० चैत । मोरङमा गएराति एक महिलाले आत्महत्या गरेकी छन् ।
लेटाङ–भिगटेनी नगरपालिका–७ बस्ने विनोद राईकी २७ वर्षीया श्रीमती कविताले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनले सुत्ने कोठाको छानोको बलोमा सलको पासो लगाई झुन्डिएर आत्महत्या गरेकी हुन् ।आत्महत्याको कारण खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
श्रीमानसँग झगडा परेर वादविवाद हुँदा आत्महत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ । शव परीक्षणका लागि अस्पताल पठाइएको छ । रासस















प्रतिक्रिया