४ कार्तिक २०८३, बुधबार

व्यापारीलाई गोली हान्ने भारतीय नागरिकलाई प्रहरीले घेरा हाल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pestol-attackवीरगन्ज (पर्सा), ३० चैत । वीरगन्जका व्यापारी महेश कादमिया (अग्रवाल)लाई गोली प्रहार गर्ने एकजना भारतीय अपराधीलाई प्रहरीले घेराबन्दी गरी पक्राउ गर्न सफल भएको छ ।

हिजो साँझ ७ः३० बजे पसलमा बसिरहेका बेला महेशमाथि गोली प्रहार गरी भाग्दै गरेको भारत मुजफरपुरका रवि सिंहलाई पर्सा प्रहरीले स्थानीयवासीको सहयोगमा पक्राउ गरेको हो । गोली प्रहार गरेर भाग्दै गरेको अवस्थामा टाइगर प्रहरीको टोलीले स्थानीयवासीको सहयोगमा घटनास्थल नजिकैबाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरीनायब उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिनुभयो ।

उसले के कारणले व्यापारी अग्रवालमाथि गोली प्रहार गरेको हो भन्ने कुरा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । सिंहको साथबाट एकथान पेस्तोल, तथा १० राउन्ड गोली बरामद भएको छ । सिंहले ठाउँठाउँमा छाडेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गरेको छ । रासस