२ कार्तिक २०८३, सोमबार

‘झ्याई झ्याई पञ्चे बाजाले’को म्युजिक भिडियो रिलिज

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’ लगायतका हिट गीतका गायक आशिष सचिन गौतमको नयाँ गीत ‘झ्याई झ्याई पञ्चे बाजाले’ सार्वजनिक भएको छ ।

गीतको म्युजिक भिडियो शुक्रबार रिलिज गरिएको हो । गीतमा आशिषलाई गायिका ऋतिका श्रेष्ठले स्वरमा साथ दिएकी छिन् ।

मंसिर महिना अझ त्यसमा पनि विवाहको मौसम शुरु हुँदै गर्दा सार्वजनिक गीतले विवाहको यो मौसममा थप रौनकता थपेको छ । महेश आचार्यको शब्द रहेको गीतमा एसडी योगीको संगीत छ ।

गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा र गायक आशिषको अभिनय देख्न सकिन्छ । बियोन्डको कन्सेप्टमा तयार भिडियोमा विदेश जान बाध्य एकप्रेम जोडीको कथा प्रस्तुत गरिएको छ ।

भिडियोको निर्देशक कविराज गहतराजले गरेका हुन् । डान्सिङ शैलीमा तयार भिडियो नेस स्टुडियोले निर्माण गरेको हो ।

गायक तथा मोडल आशिषले राम्रो टिमवर्क, नेस स्टुडियोको सहकार्यले गीतको भिडियो राम्रो बनेको बताए । फरक जनराका संगीतकर्मीहरूसँग काम गर्न पाउनु आफ्ना लागि सौभाग्य रहेको उनको भनाई रहेको छ ।

अभिनेत्री आँचल शर्माले भिडियो अभिनय गर्दाको रमाइलो अनुभव सुनाइन् ।

नेस स्टुडियोका एसडी योगी, ब्रिजेश श्रेष्ठले समेत भिडियोमा काम गर्दाको अनुभव राखेका थिए । सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन छ ।

https://www.youtube.com/watch?v=igrLIm3hnjE