
काठमाडौं, ३ मंसिर । लामो समयदेखि असन्तुष्ट रहँदै आन्दोलित भएका सर्वोच्च अदालतका न्यायाधीशहरु आज शुक्रबार भने इजलासमा बस्ने भएका छन् ।
हिजो बिहीबार सर्वोच्चको पूर्ण बैठकबाट नियमावली संशोधनको प्रस्ताव पारित भएपछि उनीहरु इजलासमा बस्न लागेका हुन् । न्यायाधीशहरुको माग अनुसार शुक्रबारका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निवेदन, तामेली र बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्रै पेसीमा राखेपछि न्यायाधीशहरु इजलासमा बस्न राजी भएका हुन् ।
आजका लागि प्रधानन्यायाधीश जबराले २२२ वटा रिट निवेदन पेसीमा राखेका छन् । जसका लागि ९ वटा संयुक्त इजलास र एउटा एकल इजलासमा पेसी तोकिएको छ ।
वकिल र प्रहरीबीचको झडप वकिलहरू घाइते
यसैबीच, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलनमा उत्रिएका वकिल र प्रहरीबीच सर्वोच्च अदालत परिसरमा झडप भएको छ । झडपमा केही वकिलहरू घाइते समेत भएको बताइएको छ ।
कानुन व्यवसायीहरु नाराबाजी गर्दै सर्वोच्च परिसरमा छिर्न खोज्दा सुरक्षाकर्मीले रोक्न खोजेपछि उनीहरुबीच सामान्य झडप भएको हो । प्रहरीसँगको घम्साघम्सीपछि वकिलहरू सर्वोच्चभित्र छिरेर धर्नामा बसेका छन् ।















प्रतिक्रिया