८ कार्तिक २०८३, आइतबार

वकिलको आन्दोलनमा घुसपैठ गर्ने दुईजना पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । बिहीबार रामशाहपथस्थित नेपाल बार एसोसिएशन परिसरभित्र भइरहेको वकिलहरूको आन्दोलनमा घुसेर कानुन व्यवसायीहरुलाई नै गालीगलौज गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

वकिलहरूलाई धम्की दिने तीर्थ ढकाल र सीताराम श्रेष्ठलाई गएराति नै काठमाडौको बौद्धबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेहरूमा ढकाल काठमाडौं महानगरपालिका बौद्ध र श्रेष्ठ कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीका रहेको खुलेको प्रहरीको भनाइ छ ।