२ कार्तिक २०८३, सोमबार

‘पासो’ चैतमा रिलिज हुने, फुष्ट लुक्स सार्वजनिक

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेत्री रीस्ता बस्नेतको मुख्य भूमिका रहेको फिल्म ‘पासो’ चैत १८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ ।

निर्माण युनिटले बिहीबार फिल्मको पोष्टर फष्ट लुक्सको रुपमा सार्वजनिक गर्दै प्रदर्शन मिति समेत बाहिर ल्याएको हो ।

फिल्म एकसाथ देशभर रिलिज हुने वितरक करण श्रेष्ठले बताए । सरु र प्रमिला नाम गरेका दुई साथी एक अपराधिक गिरोहद्वारा कुनै उच्च पदस्थ व्यक्तिको शारीरिक तृष्णा मेटाउनका लागि अपहरणमा परेको कथामा फिल्म निर्माण भएको हो ।

आरबी पुनको निर्देशन रहेको फिल्ममा पुनकै कथा, पटकथा तथा संवाद रहेको छ । भगवान भुजेलले निर्माण गरेको फिल्म क्राइम र सर्भाइबल जनरामा निर्माण गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।

बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङ सह–निर्माता रहेको फिल्ममा रीस्ताको अलवा सुनिसा बजगाईँ, रामकुमार बस्ताकोटी, प्रतीक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ ।

सूर्य दयालुको संगीत, उत्तम हुमागाँइको छायाङ्कन, भूपेन्द्र अधिकारीको सम्पादन फिल्ममा छ । फिल्म जीजीए ग्रुप र एफडी कम्पनीले वितरण गर्दैछन् ।