४ कार्तिक २०८३, बुधबार

डाँकाको आक्रमणबाट घरधनी श्रेष्ठको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भद्रपुर, ३० चैत । झापाको पृथ्वीनगर गाविसको हिमाल चोकमा गएराति डकैती हुँदा डाँकाको आक्रमणबाट घरधनी देवकुमार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आइतबार राति १२ः३० को समयमा हतियारधारी डाँकाले थोक बिक्रेताको पसल रहेको धनी श्रेष्ठको पसलमा सुन १० तोला र नगद रु एक लाख ८० हजार लुटेर भागेका छन् । लगभग १६÷१७ जनाको समूहमा आएका डाँकाको आक्रमणबाट अन्य दुईजना घाइते भएको प्रहरीले जनाएको छ भने थप विवरण सङ्कलन भइरहेको बताइएको छ ।

डाँकाको आक्रमणबाट सख्त घाइते भएका श्रेष्ठको उपचारका क्रममा मेची अञ्चल अस्पताल भद्रपुरमा मृत्यु भएको हो । रासस