
काठमाडौँ, २ मंसिर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि ६७ जिल्लाबाट प्रतिनिधि चयन भएका छन् ।
एमाले केन्द्रीय कार्यालयमा बिहीबार साँझसम्म प्राप्त अनौपचारिक विवरणअनुसार अब १० जिल्लामा मात्रै प्रतिनिधि चयन हुन बाँकी छ ।
कैलाली र बझाङमा प्रतिनिधि चयनमा विवाद भएर रोकिएको छ भने बाँकी जिल्लामा प्रतिनिधि चयनको कार्य भइरहेको छ ।
६७ जिल्लाबाट अहिलेसम्म १ हजार १८२ जना प्रतिनिधि छनौट भइसकेका छन् ।
तीमध्ये खुलाबाट ७४०, महिला ३०४, उत्पीडित १३६ र २ जना मजदुरबाट चयन भएका छन् ।
एमालेले पार्टीका हरेक निकायमा ३३ प्रतिशत महिला सुनिश्चित गरेसँगै प्रतिनिधि छनौटमा महिला उपस्थिति उल्लेख्य रहेको छ ।
एमाले संगठन विभागले प्रतिनिधिको अभिलेखीकरण गरिरहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका सबै जिल्लामा प्रतिनिधि छनौट भएको छ भने प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर र सुनसरी, प्रदेश वर्ष १, अङ्क २, मंसिर २, नम्बर २ का सप्तरी, सिरहा, धनषा, महोत्तरी र रौतहट तथा सुदुरपश्चिम प्रदेशका बाजुरा र कैलालीमा प्रतिनिधि छनौटले पूर्णता पाउन बाँकी छ ।
















प्रतिक्रिया