८ कार्तिक २०८३, आइतबार

ललितपुरमा बिहीबार र शुक्रबार भेरोसेल खोपको दोस्रो डोज लगाइने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, २ मंसिर । ललितपुर महानगरपालिकामा आज र भोलि दुई दिन भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै छ ।

खोप लगाउनका लागि पहिलो मात्रा लगाएको २१ दिन पूरा भएका नागरिकले आ–आफ्नो वडामा सम्पर्क गर्नु पर्नेछ ।

खोप लगाउन जाँदा अनिवार्य रुपमा पहिलो मात्रा खोप लगाएको कार्ड समेत साथमा लिएर जानुपर्ने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए ।

उनका अनुसार बिहान १० बजेदेखि बेलुकी पाँच बजेसम्म खोप लगाइनेछ । आज लगाउन छुटेका व्यक्तिले भोलि समेत खोप लगाउन पाउनेछन् ।