२ कार्तिक २०८३, सोमबार

‘एकै चोटी मारन ओए’मा शिल्पासँग त्रिकोणात्मक प्रेम

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक प्रमोद खरेलको स्वर रहेको ‘एकै चोटी मारन ओए’को म्युजिक भिडियो रिलिज भएको छ ।

शिव खड्काको शब्द र ऋषि खड्काको संगीत रहेको गीतका एरेञ्जर कमल सौराग हुन् ।

वियोगान्त शैलीको गीतमा दुई जना युवक र एक जना युवतीबीचको त्रिकोणात्मक कथालाई समेटिएको छ ।

म्युजिक भिडियोका निर्देशन कपिल लामाले गरेका छन् । भिडियोलाई सम्पादन शिव पौडेलले गरेका छन् ।

म्युजिक भिडियोमा शिल्पा पोखरेल, पुरुषोत्तम पौडेल, कृष्ण पहाडी र रीता भट्टराईको अभिनय रहेको छ ।