४ कार्तिक २०८३, बुधबार

सम्पत्ती विवरण नबुझाउने कर्मचारीको जागिर खतरामा, अख्तियारले छानविन गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aakhtiyarकाठमाडौँ, २९ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७०/७१ मा सार्वजनिक पदमा रहेका २० हजार २५४ जनाले सम्पत्ति विवरण पेस नगरेको जनाएको छ ।

राष्ट्रिय सतर्कता केन्द्र र निजामती किताबखानाबाट सो विवरण प्राप्त भएको जानकारी दिँदै विवरण सार्वजनिक नगर्नेहरुलाई प्रचलित कानुनबमोजिम जरिवाना गरी सम्पत्ति विवरण भर्न लगाउन र त्यसको जानकारी आयोगमा पठाउन सम्बन्धित मन्त्रालय र तालुकदार निकायलाई लेखी पठाउने निर्णय गरेको आयोगले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम सार्वजनिक पदमा बहाल रहेको व्यक्तिले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले साठी दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण तोकिएको निकाय वा अधिकारीसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

सम्पत्ति विवरण पेस नगर्ने व्यक्तिलाई आयोगले रु पाँच हजार जरिवाना गरी विवरण पेस गर्न लगाउने र आवश्यकताअनुसार छानबिनसमेत गर्न सक्ने व्यवस्था छ । आयोगको सो निर्णयबाट नेपाल सरकारलाई रु १० करोडभन्दा बढी राजस्व प्राप्त हुनेछ । रासस