८ कार्तिक २०८३, आइतबार

प्रदीप र इस्तियाकका कारण उपेन्द्रलाई तनाब

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ कात्तिक । उपेन्द्र यादवका कारण जनता समाजवादी पार्टीभित्र भाँडभैलो मच्चिएको छ ।

मन्त्री बनाउने बेला यादवले आफू निकटकालाई मात्रै अवसर दिएपछि चरम असन्तुष्टि छ ।

जसपाभित्र सबैभन्दा ठूलो विद्रोह प्रदीप यादवले गरेका छन् । पर्साबाट प्रतिनिधि सभामा निर्वाचित भएका नेता प्रदीपले अध्यक्ष यादवको विरोध गर्दै आएका छन् ।

प्रदीपले उपेन्द्रलाई सबैभन्दा ठूलो झट्का दिने तयारीमा छन् । पर्सामा आफ्नो राजनीतिलाई पछिल्लो समय केन्द्रित बनाउँदै आएका प्रदीपले उपेन्द्रसँग नझुक्ने नीति लिएका छन् ।

प्रदीप जस्तै मोहम्मद ईस्तियाक राइसहितका नेताहरू पनि उपेन्द्रविरुद्ध छन् । उनले पनि उपेन्द्रलाई झड्का दिने तयारीमा छन् ।