८ कार्तिक २०८३, आइतबार

रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चन्द्रनिगाहपुर, २८ कात्तिक । रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

गौर चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत झुनखुनवा चौकमा भारतीय नम्बरको कार दुर्घटना हुँदा सवार सबै ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीका अनुसार चन्द्रनिगाहपुर बाट गौर तर्फ गइरहेको कार सदरमुकाम गौरभन्दा ६ किलोमिटर उतर झुनखुनवा चौक नजिकै गएराति अनियन्त्रित भएर सडकबाट तल खसेको थियो ।

दुर्घटना लगत्तै चारै जनालाई उद्वार गरि तत्कालै उपचारको लागि जिल्ला अस्पताल गौरमा लैजाँदा डाक्टरले सबैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा २० देखि २५ वर्षका पुरुष रहेका छन् भने उनीहरूको सनाखत हुन सकेको छैन ।

चन्द्रनिगाहपुरबाट अत्यधिक मदिरा सेवन गरेर भारततर्फ फर्किनेक्रममा उक्त दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।