३ कार्तिक २०८३, मंगलबार

गुणस्तरहीन मलका कारण चीन र श्रीलंकाबीच बिबाद

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलम्बो, २८ कात्तिक । जैविक मलको गुणस्तरलाई लिएर चीन र श्रीलङ्काबीच विवाद बढ्दै गएको छ ।

हिप्पो स्पिरिट नाम गरेको चिनियाँ पानीजहाज गएको सेप्टेम्बरमा २० हजार टन जैविक मल बोकेर श्रीलङ्का पुगेको थियो ।

श्रीलङ्का सरकारले अर्डर गरेभन्दा न्यून गुणस्तरको मल पठाएको भन्दै अस्वीकार गरेपछि विवाद बढेको हो । खेतीबालीमा नोक्सानी पुर्‍याउने मल पठाएको भन्दै श्रीलङ्काका किसान र कृषि वैज्ञानिकले विरोध गर्दै मल अस्वीकार गर्न दबाब दिएका छन् ।

श्रीलङ्काले चीनको किंग्दाओ कम्पनीबाट ४९ दशमलव सात मिलियन डलरमा ९९ हजार टन जैविक मल खरिदको सम्झौता गरेको थियो ।

पहिलो खेपमै गलत र न्यून गुणस्तरको मल पठाएको भन्दै श्रीलङ्काले स्वीकार गरेको छैन । श्रीलङ्काको कृषि विभागका महानिर्देशक अजंथा डि सिल्भाले चीनले पठाएको मलको नमुना जाँच गर्दा बालीलाई हानी गर्ने प्रमाण भेटिएको बताएका बीबीसीले जनाएको छ ।

श्रीलङ्काको एक अदालतले पनि चिनियाँ मलबापतको रकम नर्तिन आदेश दिएको छ । यसको जवाफमा श्रीलङ्कामा रहेको चिनियाँ दूतावासले बैंकलाई नै कालोसूचीमा राखेको छ ।

चिनियाँ कम्पनीले पनि अर्डर अनुसारकै मल पठाइएको दाबी गर्दै उल्टै आठ मिलियन डलरको क्षतिपूर्ति मागेको छ ।

सेप्टेम्बरमा हम्बनटोटा बन्दरगाहमा पुगेको जहाजबाट मल झार्न अनुमति नदिएपछि चिनियाँ कम्पनीले जहाज दक्षिण पश्चिमी तटमा पार्किङ गरेर राखेको छ ।

श्रीलङ्काले देशमा रासायनिक मलको आयातमा प्रतिबन्ध लगाउँदै जैविक मलको मात्रै प्रयोग गर्ने घोषणा गरेको छ ।