काठमाडौं, २६ कात्तिक । सर्वोच्च अदालतको अगाडि कानून व्यवसायीको जुलुसमा झडप भएको छ ।
प्रदर्शनमा उत्रिएका केही कानून व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू सर्वोच्च अदालत अगाडिको सडकमा प्रदर्शनमा उत्रिएका थिए ।
आन्दोलनरत पक्ष र विपक्षका कानून व्यवसायीहरूबीच केहीबेर धकेलाधकेल भएपछि झडप भएको थियो ।
कानून व्यवसायीहरू बाहिरी सडक हुँदै सर्वोच्च अदालततर्फ अघि बढेका छन् । सर्वोच्च अदालत प्रवेश गर्ने भित्री गेटहरू सबै बन्द भएपछि बाहिरी गेटतर्फ अगाडि बढेका थिए ।
आन्दालनमा उत्रिएका कानून व्यवसायीहरूले प्रधानन्यायाधीश राजीनामा दे भन्दै नारा लगाएका छन् ।











प्रतिक्रिया