काठमाडौं । नेकपा (एमाले) स्थानीय विकास विभागको आयोजनामा आज (शुक्रबार) स्थानीय तहका जनप्रतिनिधिहरूको भेला तथा अन्तरसंवाद कार्यक्रम हुँदैछ ।
आज बिहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना हुने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी र महासचिव शंकर पोखरेल लगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
यसअघि हिजो र अस्ती (मंसिर २ र ३ गते) काठमाडौंमा एमालेले आगामी निर्वाचन केन्द्रित राष्ट्रिय भेला आयोजना गरेको थियो ।
राष्ट्रिय भेलालगत्तै हिजै काठमाडौंमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले भेलाबाट अनुमोदन भएको आगामी कार्यभार र संकल्पलाई सशक्त ढंगले कार्यान्वयन गराउने निर्णय गरेको थियो ।












प्रतिक्रिया