४ मंसिर २०८३, शुक्रबार

रेडियो नेपालमा रोजगारी खुल्यो

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ कात्तिक । रेडियो नेपालले ईञ्जिनियरलगायत विभिन्न पदमा आवेदन माग गरेको छ।

आज सूचना प्रकाशन गर्दै रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल)ले विभिन्न पदमा ३९ जना माग गर्दै आवेदन खुला गरेको छ ।

ईञ्जिनियर ३ जना माग भएको छ । सबैभन्दा धेरै प्राविधिक सहायक पदका लागि आवेदन खुलेको छ । १० जना प्राविधिक सहायक माग भएको हो ।

वरिष्ठ प्राविधिक सहायक ७ जना माग भएको छ । अन्य १९ जना भने विभिन्न पदका लागि छन् । शुक्रबारदेखि २१ दिनभित्र इच्छुकहरूले आवेदन दिन सक्नेछन् ।

रेडियो नेपालको वेबसाइटबाट आवेदन फारम डाउनलोड गर्न सकिने सूचनामा उल्लेख छ ।