४ कार्तिक २०८३, बुधबार

संगीता र सीमालाई तेजाब हान्ने जीवनविरुद्ध ज्यानमुद्दा दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jeevan-BKकाठमाडौं, २९ चैत । गत फागुन १० गते बसन्तपुरमा दुई छात्रामाथि तेजाब खन्याएको आरोप लागेका जीवन विकविरुद्ध आज जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।

दुई छात्रामाथि तजाब खन्याएको अभियोगमा आरोपित विकलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता भएको अदालतका श्रेस्तेदार श्रीप्रसाद सञ्जेलले जानकारी दिनुभयो ।

रामेछाप जिल्ला फुलासी गाविस घर भई टोखामा डेरा लिई बस्दै आएका २० वर्षीय जीवन विकलाई उनकै डेराबाट यही चैत ५ गते राति महानगरीय प्रहरी कार्यालयले पक्राउ गरेको र २४ दिनको अनुसन्धानपछि आज मुद्दा दर्ता गरेको हो ।