४ मंसिर २०८३, शुक्रबार

बलत्कार अभियोगमा पत्रकार सञ्जय नाथ पक्राउ

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम पूर्व, २४ कात्तिक । बलात्कार आरोप लागेपछि रूकुम पूर्वका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिस्ने गाउँपालिका वडा नम्बर ८ का २४ वर्षीय सञ्जय नाथविरूद्ध बलात्कार मुद्दामा किटानी जाहेरी परेको थियो ।

जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठका अनुसार १६ वर्षीया किशोरीलाई जंगलमा बलात्कार गरेको जाहेरीपछि नाथलाई पक्राउ गरिएको हो ।

नाथ पत्रकार हुन् । उनले गत सोमबार ती किशोरीलाई जंगलमा लगेर बलात्कार गरेको आरोप छ ।

उनीमाथि मंगलबार किटानी जाहेरी परेको थियो । उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

किशोरीको स्वास्थ्य परीक्षण गरिए पनि रिपोर्ट आइसकेको छैन । नाथविरूद्ध अदालतबाट म्याद थप गरेर अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।