धनगढी, २४ कात्तिक । कैलालीमा चक्कु प्रहार गरी युवकको हत्या गरेको आरोपमा ५ जना पक्राउ परेका छन् ।
लम्कीचुहा नगरपालिका– १ का २२ वर्षीय भुपेन्द्र बडुवालको हत्या गरेको आरोपमा ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए ।
चक्कु प्रहार गर्ने आर्यन देवकोटासहित ५ जनालाई पक्राउ गरिएको डिएसपी बिष्टले जानकारी दिए ।
उनका अनुसार दुई समूहबीच झडप हुँदा घटना भएको थियो । टीकापुरस्थित कृषि हाटबजार नजिकै बडुवाललाई तीन–चार जनाको समूहले लखेट्दै चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनाबारे सुदूर पश्चिम प्रदेश प्रहरी, जिल्ला र इलाका प्रहरी कार्यालय टीकापुरको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया