टीकापुर, २४ कात्तिक । कैलाली जिल्लाको टीकापुरमा चक्कु प्रहार गरि एक युवकको हत्या भएको छ ।
लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको मङ्गलबार साँझ चक्कु प्रहारबाट हत्या गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी भइरहेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन् ।
दुई समूहबीच झडप हुँदा घटना घटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको र थप अनुसन्धान जारी रहेको उनले बताएका छन् ।















प्रतिक्रिया