४ मंसिर २०८३, शुक्रबार

माओवादीको राष्ट्रिय सम्मेलन पुसको पहिलो हप्ता काठमाडौंमा गर्ने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ कात्तिक । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ ।

काठमाडौंमा मङ्गलवार बसेको स्थायी कमिटी बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो ।

माओवादीले राष्ट्रिय सम्मेलन पुसको ११ देखि १३ गतेसम्म गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको र प्रदेश पदाधिकारीहरूका सम्बन्धमा भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा सम्बन्धित प्रदेशभित्रका केन्द्रीय कमिटी सदस्यहरूसँग परामर्श गरेर टुङ्गो लगाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

माओवादीले पाँच दलीय गठबन्धन समन्वय समितिमा पार्टीको तर्फबाट पार्टी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय भएको छ ।