धनुषा, २३ कात्तिक । धनुषा जिल्लाको शिव चोकबाट प्रहरीले जुवा तास खेल्ने समूहका ९ जनालाई पक्राउ गरेको छ ।
जनकपुर उपमहानगरपालिका–२ शिव चोकस्थित होटल जानकी राजको तेस्रो तल्लाको छतमाथि तास खेलिरहेको अवस्थामा सिरहा लहान नगरपालिका–१३ घर भई सोही होटलमा लेवरको काम गर्ने २१ वर्षीय अर्जुनकुमार साह लगायत ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उक्त होटलमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा र प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख ६६ हजार ९ सय रुपियाँ, १ हजार ७ सय ५० भारतीय रुपियाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया