रौतहट, २९ चैत । गौर आन्दोलनको क्रममा ज्यान गुमाएका रामआशिष ठाकुरको परिवारलाई आज रु पाँच लाख सहयोग प्रदान गरिएको छ ।
आज यहाँ आयोजित ३० दलीय मोर्चाका जिल्ल्लास्तरीय नेताहरूले संयुक्तरुपमा पत्रकार सम्मेलन गरी मृतकका परिवारलाई रु पाँच लाख हस्तान्तरण गरेका हुन् ।
सो रकम स्व ठाकुरकी पत्नी भवानीदेवी तथा छोरा रामप्रसाद ठाकुरलाई हस्तान्तरण गरिएको थियो ।
चन्द्रनिगाहपुरमा मालपोत र नापी कार्यालयको सेवा केन्द्र स्थापना गर्ने सरकारको निर्णयको विरोध गर्दै रौतहट उद्योग वाणिज्य सङ्घको अगुवाइमा गत चैत २ गतेदेखि चरणबद्ध आन्दोलन सुरु भएको थियो ।
सरकारले चैत २० गते सेवा केन्द्र स्थापना गर्ने निर्णय खारेज भएको जनाएपछि रौतहट उद्योग वाणिज्य सङ्घ तथा ३० दलसँग सातबुँदे सहमति गरी गौर आन्दोलन फिर्ता भएको थियो ।
सोही आन्दोलनको क्रममा सशस्त्र प्रहरीको भ्यानको ठक्करबाट ठाकुरको मृत्यु भएको थियो । रासस















प्रतिक्रिया