२ कार्तिक २०८३, सोमबार

सूर्यवंशीले तीन दिनमै कमायो ८० करोड भारू

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउडको सबभन्दा ठूलो रिलिज मानिएको सूर्यवंशीले बक्स अफिसमा धूम मच्चाउन थालेको छ ।

शुक्रबार रिलिज यो फिल्मले पछिल्लो तीन दिनमा गरेको व्यापारले अक्षय कुमारका अघिल्ला तीन फिल्मलाई समेत उछिनेर नयाँ रेकर्ड राखेको छ ।

बलिउडका व्यापार विश्लेषक तरन आदर्शले आफ्नो ट्वीटरमार्फत् सूर्यवंशी फिल्मको तीन दिनको बक्स अफिस तथ्यांक सार्वजनिक गरेका छन् । यसअनुसार सूर्यवंशीको कमाइ झन्डै ८० करोड भारू पुगेको छ । यसलाई उनलाई म्यासिभ हिट भनेका छन् ।

यो रकम अक्षय कुमारकै अघिल्ला तीन फिल्मले तीन दिनमा गरेको कमाइभन्दा बढी हो ।