३ कार्तिक २०८३, मंगलबार

युरोप पुनः कोभिड महामारीको केन्द्रमा रहेको विश्व स्वास्थ्य संगठनको चेतावनी

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ कात्तिक । युरोपभरि कोरोनाभाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या बढिरहँदा उक्त महादेश पुनः एकपटक कोभिड महामारीको “केन्द्र“ बनेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

एउटा पत्रकार सम्मेलनमा डब्ल्यूएचओका युरोप प्रमुख हान्स क्लुग्अले फेब्रुअरीसम्ममा युरोप महादेशमा कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या पाँच लाखभन्दा धेरै पुग्नसक्ने बताए।

उनले खोप पर्याप्त मात्रामा नलगाइँदा सङ्क्रमितको सङ्ख्या बढको बताए।

“हामीले हाम्रो काम गर्ने तरिकामा परिवर्तन गर्नुपर्छ। कोभिड–१९ बढेकोमा प्रतिक्रिया जनाउने भन्दा सुरुमै यो सङ्क्रमण हुन नदिनेतर्फ काम गर्नुपर्छ,“ उनले भने।

हालैका महिनामा युरोपमा खोप लगाउने दर घटेको थियो।

युरोपमा खोप

स्पेनमा करिब ८० प्रतिशत मानिसले दुवै मात्रा खोप लगाएका छन् भने फ्रान्स र जर्मनीमा भने क्रमशः ६८ र ६६ प्रतिशतले मात्रै लगाएका छन्।

पूर्वी र मध्ययुरोपका केही देशमा त खोप लगाउनेको सङ्ख्या अझै कम रहेको छ।

सन् २०२१ को अक्टोबरसम्ममा जम्मा ३२ प्रतिशत रुसीहरूले मात्रै पूर्ण मात्रा खोप लगाएका छन्।

‘दीर्घ कोभिड’को समस्या बढ्दो, किन केही कोभिड लागेका बिरामी पूर्ण रूपमा सञ्चो हुन सकेका छैनन्

डब्ल्यूएचओका युरोप प्रमुख क्लुग्अले सङ्क्रमणबाट जोगिनका लागि अपनाउनुपर्ने नियमलाई खुकुलो पारिएका कारण पनि सङ्क्रमण बढेको बताएका छन्।

युरोपेली क्षेत्रमा मध्यएसियाका केही भागसहित ५३ देश समेटिन्छन्।

डब्ल्यूएचओले अहिलेसम्म उक्त क्षेत्रमा १४ लाख मानिसको मृत्यु भइसकेको पुष्टि गरेको छ।

विश्वकै लागि चेतावनी

डब्लूएचओका कोभिड–१९ प्राविधिक प्रमुख मरिया भान कर्कोफले खोप र सामाग्रीको उपलब्धताका बावजुद विगत चार सातामा युरोपभरि सङ्क्रमित ५५ प्रतिशतले बढेको बताइन्।

उनका सहकर्मी डाक्टर माइक रायनले पनि युरोपको अहिलेको अनुभव “विश्वका लागि चेतावनी” भएको बताए।

जर्मनीमा विगत २४ घण्टामा नयाँ सङ्क्रमितको दैनिक सङ्ख्या ३४ हजार पुगेका बेला उनले यस्तो चेतावनी दिएका हुन्।

जर्मनीको यो दैनिक सङ्ख्या यूकेको हालैको सबैभन्दा धेरै दैनिक सङ्ख्या ३७ हजारभन्दा कम नै हो ।

तर जनस्वास्थ्यका अधिकारीहरू भने सङ्क्रमणको चौथो लहरले स्वास्थ्य प्रणालीमा ठूलो दबाब पर्ने र धेरै सङ्ख्यामा मानिसहरूको मृत्यु हुनसक्ने भन्दै चिन्तित बनेका छन् ।

विगत २४ घण्टामा मृत्यु हुनेको सङ्ख्या १६५ रहेको छ जुन एकसाता अघि १२६ थियो ।

मृत्यु हुनेको सङ्ख्या रुसमा नाटकीय रुपमा बढेको छ ।

विगत सातामा त्यहाँ ८ हजारभन्दा धेरै मानिसको मृत्यु भयो भने छिमेकी युक्रेनमा ३८ सयले ज्यान गुमाएका छन् ।

रोमानियामा पनि विगत सातामा मृत्यु हुनेको सङ्ख्या ५९१ थियो भने हङ्गेरीमा दैनिक सङ्क्रमित हुनेको विगत सातामा दोबरभन्दा बढी पुगेको छ । –बीबीसी