७ कार्तिक २०८३, शनिबार

सानिमा बैंकको शाखा गढीमा स्थापना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । सानिमा बैंक लिमिटेडले उदयपुरगढीको गढीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

गढी शाखाको समुद्घाटन उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी र प्रदेश नं १ का प्रदेश प्रमुख विशाल दाहालले संयुक्त रुपमा गरेका छन् ।

उदयपुरगढी गाउँपालिका अध्यक्ष केप्छाकीले ग्रामीण क्षेत्रमा सानिमा बैंकले शाखा संचालनमा ल्याएसँगै सो क्षेत्रका स्थानीय बासिन्दाको बैंकिङ तथा वित्तीय आवश्यकता पूरा गर्न सदरमुकाम पुग्नुपर्ने अवस्थाको अन्त्य भएको बताए ।